जुलाई १ देखि अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने खारेज गर्दै दक्षिण कोरिया

१६, जूनमा भारतमा ६७ हजार २९४ जनाभन्दा बढी संक्रमित

आजभोलि

काठमाडौं । जुलाई १ देखि दुई साता क्वारेन्टाइन बस्नु पर्ने प्रवधान दक्षिण कोरिया खारेज गर्ने भएको छ । दक्षिण कोरियाको सरकारले जसले दुबै डोज कोभिशील्ड खोप लगाएको छ, उसले बेहिचाकट जुन सुकै ठाउामा जान सक्ने बताएको छ । अहिलेसम्म कोभैक्सिन लगाएकाले पनि दुई साता क्वारेन्टाइनमा बस्नै पर्ने सरकारले नियम बनाएको छ ।

हिजो बुधबार न्यूज एजेन्सी युनियुसँग कुराकानी गर्दै भारतका लागि दक्षिण कोरियाका राजदूत शिन बोङग–किलले भनेका छन्– साउथ कोरिया सरकार निर्णय गरेको छ कि कोरोनाविरुद्धको दुई डोज खोप लगाएका व्यक्तिले क्वारेन्टाइनमा बस्न अनिवार्य छैन ।

राजदूत किलले भनेका छन्– भारतीय प्रधानमन्त्री कोभ्याक्सिन दुई डोज लगाउनु भएको छ, यसर्थ उहाँ कुनै पनि समयमा दक्षिण कोरियामा जान–आउँन सक्नु हुन्छ । भारतले आप्mना छिमेकी मुलुकहरुलाई भ्याक्सिन दिएकोमा प्रशंसा गर्दै भालत खोप नदिए नेपाल, भूटन, श्रीलंक र बंगलादेश जस्ता मुलुकहरुलाई कसले सहयोग गर्न सक्छ त रु उनले न्यूज एजेन्सीसँग प्रतिप्रश्न गरेका छन् ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा ९१६, जुन० मा १९ लाख ३० हजार ९८७ जनाको नमुना परीक्षण गर्दा ६७ हजार २९४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । १५, जुनमा १७ लाख ५१ हजार ३५८ जनाको नमुना परीक्षण गर्दा ६२ हजार २२६ जना कोरोना भाइरस संक्रमित थपिएका थिए ।

करीब एक सातादेखि कोरोना परीक्षण लगभग उस्तै गर्दा पनि कोरोना संक्रमण र मृत्यु दर घट्दै गएको देखिन्छ । त्यस्तै, भारतमा पछिल्लो २४ घण्टा ९१६, जुन० मा कोरोनाभाइरस संक्रमणबाट १ हजार ४११ जनाको निधन भएको छ । १५, जुनमा कोरोना संक्रमणबाट १ हजार ४७० जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असार ३ गते बिहीबार बिहान ७।३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९६ लाख ९९ हजार ५५५ जना छन् । भारतमा २ करोड ८४ लाख ८४ हजार ५४४ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ८ लाख ३३ हजार ८० जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ ।

असार ३ गते बिहीबार बिहान ७।३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ८१ हजार ९३१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !