दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिका लागि भ्याक्सिन बनाउँदै भारत

१७, जूनमा भारतमा ६२ हजार ४०९ जनाभन्दा बढी संक्रमित

आजभोलि

काठमाडौं । जुलाई महीनामै बच्चका आमा–बाबाको मुहारमा खुशी ल्याउने प्रयास गरिरहेको छ भारतस्थित सिरम इस्टिच्यूट अफ इण्डियाले । कोरोना महामारी विरुद्ध कोभ्याक्सिनको परीक्षण शुरू भएको सिरम इष्टिच्यूटले जानकारी दिएको हिन्दुस्तान टाइम्स्ले लेखेको छ । बालबालिकाका लागि मात्र बनाइएको भ्याक्सिनको परीक्षण पनि बालबालिकामै भइरहेको छ ।

भारतमा उत्पादन हुने भनिएको चार वटा भ्याक्सिनको परीक्षण चलिरहेको छ । हैदरावाद स्थित कोभ्याक्सिन निर्माता कम्पनी र भारतीय चिकित्सा अनुसन्धान परिषदद्वारा विकशित कोभ्याक्सिनको संलग्नता छ । भारतमा निर्माण र उत्पादन हुने भनिएको कोभ्याक्सिन युवा, बयस्क, बृद्ध, बृद्धालाई लगाइएको छ । यो भ्याक्सिन लगभग ७८ प्रतिशत प्रभावकारी छ ।

बालबालिकाको लागि प्रयोगमा नोवा भ्याक्सिन सीरम इष्टिच्यूट अफ इण्डियाले उत्पादन गर्ने भ्याक्सिनको प्रभावकारीता ९०.४ प्रतिशत हुने बताइन्छ । अब निर्माण र उत्पादन हुने भ्याक्सिन (खोप) २ वर्षदेखि १८ वर्षसम्मका लागि हुने छ । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१७, जुन) मा १९ लाख ३१ हजार २४९ जनाको नमुना परीक्षण गर्दा ६२ हजार ४०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

१६, जुनमा १९ लाख ३० हजार ९८७ जनाको नमुना परीक्षण गर्दा ६७ हजार २९४ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यस्तै, भारतमा पछिल्लो २४ घण्टा (१७, जुन) मा कोरोना संक्रमणबाट १ हजार ३ सय १० जनाको निधन भएको छ । १६, जुनमा कोरोनाभाइरस संक्रमणबाट १ हजार ४११ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असार ४ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९७ लाख ६१ हजार ९६४ जना छन् । भारतमा २ करोड ८५ लाख ७३ हजार २१ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ८ लाख ५ हजार ४२२ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ ।

असार ४ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ८३ हजार ५२१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !