अमेरिकी अदालतको फैसलालेले ओबामाकेयरको भविष्य सुनिश्चित बनायो

राष्ट्रपति जो बाइडनद्वारा अदालतको फैसलाको स्वागत

आजभोलि

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको साथ पाएर रिपब्लिकन नेतृत्वमा रहेका राज्यहरूबाट पूर्व राष्ट्रपति बराक ओबामाको स्वास्थ्य सेवा नीतिमा आमूल परिवर्तनको माग गर्दै दिइएका चुनौतीलाई खारेज गरेको छ । एक हिसावले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएका छन् ।

पुरातनवादीहरूप्रति अदालतको झुकाव रहेपनि नौ जना न्यायाधीशहरूमध्ये पक्षमा सात र विपक्षमा दुई जना उभिँदै राज्यहरूसँग कानुनी चुनौती दिने आधार नरहेको फैसला सुनाएका थिए । ओबामाकेयर भनिने स्वास्थ्य सेवामा पहुँचसम्बन्धी ऐन कानुनी चुनौतीबाट सन् २०१० यता जोगिएको यो तेस्रो पटक हो बीबीसीले आफ्नो  वेभमा लेखेको छ ।

कानूनले कम आय भएका दशौँ लाख अमेरिकीहरूलाई स्वास्थ्य बिमासम्मको पहुँच उपलब्ध गराउँछ । पहिला नै भएका स्वास्थ्य समस्याका कारण सेवा उपलब्ध नगराउनबाट यसले बिमा प्रदायकहरूमाथि प्रतिबन्ध लगाएको छ । बिहीवारको फैसलाले उक्त कानुनका मुख्य प्रावधान असंवैधानिक रहेको भन्ने दाबीबारे भने जवाफ दिएको छैन । टेक्सस् र १७ वटा अरू रिपब्लिकन शासन भएका राज्यहरूले उक्त कानुनीमाथि चुनौती दिँदै मुद्दा दायर गरेका थिए ।

सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले उक्त कानुन खारेज गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त कानून अनुमोदन भएयता बारम्बार कानुनी चुनौतीको सामना गरिरहेको छ । रिपब्लिकनहरूले संसद्को दुवै सदनमा आफ्नो नियन्त्रण हुँदा त्यसलाई उल्ट्याउने प्रयास गरेको भए पनि विफल भएका थिए । यसै महिनाको सुरुमा ह्वाइट हाउसले ओबामा केयरमार्फत ३ करोड १० लाख मानिसहरूको स्वास्थ्य सेवा सुनिश्चित भएको बताएको थियो ।

रिपब्लिकनको नियन्त्रण रहेको टेक्सस् राज्यको नेतृत्वमा रूढिवादी समूहहरूले एफोर्डेबल केयरसम्बन्धी कानुनलाई पूर्ण रूपमा समाप्त पार्न चाहेका थिए । तर सर्वोच्च अदालतको आरामदायी मत अन्तर सहितको निर्णयले उनीहरूको प्रयासलाई अङ्कुश लगाइदिएको छ । अदालतले टेक्सस्ले गरेका तर्कहरूबारे निर्णय सुनाउन आवश्यक समेत ठानेन बरु मुद्दा दायर गर्ने पक्षसँग त्यसका लागि आधारसमेत नरहेको उल्लेख ग-यो ।

सन् २०१२ मा अत्यधिक विवादका माझ सर्वोच्च अदालतले साँघुरो अन्तरले ओबामाकेयरलाई अनुमोदन गरेको थियो । तल्ला संघीय अदालतहरूमा रहेका पुरातन पन्थीको झुकावका कारण भविष्यमा पनि कानूनी चुनौती आउन सक्ने भए पनि सर्वोच्च अदालत उक्त कानुनलाई समाप्त पार्न इच्छुक नभएको जर्करको ठम्याइ छ । सदनबाट पनि उक्त कानुन खारेज गर्ने प्रयास विफल भएको उल्लेख गर्दै उनले अब ओबामाकेयरको भविष्य सुनिश्चित देखिएको बताए ।

राष्ट्रपति जो बाइडनले अदालतको फैसलाको स्वागत गर्दै कानुनबाट लाभ पाएकाहरूका लागि महत्त्वपूर्ण विजय भएको बताएका थिए । स्वास्थ्यसेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएका जो बाइडनका लागि पनि यो जीत अर्थपूर्ण रहेको छ, किनभने उनले उक्त कानूनको दायरा विस्तार गर्न कार्यकारी अधिकार प्रयोग गर्ने बताएका छन् । पूर्व राष्ट्रपति ओबामाले अदालतको फैसलाले आफ्नो कार्यकालको महत्वपूर्ण कानून रहिरहने सुनिश्चित गरेको बताए ।

तर टेक्सस्का सांसद केभीन ब्राडीले निर्णयबाट आफू ’निराश’ भएको भन्दै ’त्रुटिपूर्ण’ कानुन जोगाउन लागेकोमा सर्वोच्च अदालतको आलोचना गरेका छन् ।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !