भारतीय प्रधानमन्त्री नै लोकप्रियतामा सर्वाधिक अगाडी

अमेरिकी डाटा इन्टेलिजेन्स फर्म मर्निङ कन्सल्टद्वारा गरिएको एक सर्वेक्षण

आजभोलि

काठमाडौं । कोरोना महामारीमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतामा कमी आएको छैन । अमेरिकी डाटा इन्टेलिजेन्स फर्म मर्निङ कन्सल्टद्वारा गरिएको एक सर्वेक्षणका अनुसार, विश्वका नेताहरुमध्ये सर्वाधिक रुचाइएका व्यक्तिमा भारतीय प्रधानमन्त्री मोदी छन् ।

विश्वका नेताहरुको तुलना गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीले ६६ अंक पाएका छन् भने इटालीका प्रधानमन्त्री मारियो ड्रैगीले दोस्रो अर्थात ६५ अंक पाएका छन् । २८ प्रतिशले मोदीको कामकारवाहीलाई अस्वीकार गरेका थिए । अमेरिका, बेलायत, रूस, अष्ट्रेलिया, क्यानडा, ब्राजिल, फ्रान्स र जर्मनी सहित १३ मुलुक राष्ट्राध्यक्ष वा कार्यकारी प्रमुखभन्दा भारतीय प्रधानमन्त्री मोदीको लोकप्रियता बढी छ ।

तेस्रो नम्बर छन् म्याक्सिकोका राष्ट्रपति लोपेज ओब्रेडोर । उनले ६३ अंक पाएका छन् । अष्ट्रेलियाई प्रधानमन्त्री स्काट मरिसन ५४ अंक पाएका छन् भने जर्मन चान्सलर एञ्जेला मर्केलले ५३ अंक मात्र पाएकी छन् ।

त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडनले पनि ५३ अंक,क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले ४८ अंक, ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले ४४ अंक, दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले ३७ अंक, स्पेनिश स्पेन पेड्रो साञ्चेजलेÞ ३६ अंक, ब्राजीलका राष्ट्रपति जायर बोल्सोनाराले ३५ अंक, फ्रान्सेली राष्ट्रपति इमैनुएल मैक्रोनले ३५ अंक, र जापानी प्रधानमन्त्री योशीहिदे सुगाले २९ अंक पाएका थिए ।

अमेरिकी डेटा कम्पनी मर्निङ कन्सल्ट पोलिटिकल इन्टेलिजेन्सले हालै गरेको सर्वेमा अष्ट्रेलिया, ब्राजिल, क्यानडा, फ्रान्स, जर्मनी, भारत, इटली, जापान, मैक्सिको, दक्षिण कोरिया, स्पेन, यूनाइटेड किंगडम र संयुक्त राज्यमा युवाहरुबीच गरिएको थियो ।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !