कोरोना संक्रमण विरुद्ध खोपले प्रजनन् क्षमता घट्दैन :मियामी विश्वविद्यालय

१८, जूनमा भारतमा ६० हजार ७९८ जनाभन्दा बढी संक्रमित

आजभोलि

काठमाडौं । अमेरिकाको मियामी विश्वविद्यालयले गरेको अध्यायन अनुसन्धानका अनुसार कोरोना विरुद्धको खोप लगाउँदा प्रजनन् क्षमता नघट्ने बताएको छ । खोप लगाउँदा प्रजनन् क्षमतामा ह्रास आउँने भ्रम फैलिएपछि अमेरिकाको मियामी विश्वविद्यालयले रिसर्च गरेको हो।   जामा जर्नलमा प्रकाशित एक लेखमा फाइजर, मोर्डनालगायतका खोपबाट प्रजनन् क्षमता घट्ने नभई स्पर्मलाई स्वस्थ राख्ने उल्लेख छ ।

बेलायतले बायोएनटेक फाइजर भ्याक्सिन उत्पादन गरेको होे । बेलायत फाइजरको खोपलाई अनुमति दिने पहिलो राष्ट्र बनेको थियो । अमेरिकाका फाइजर र मोर्डना कम्पनीले पनि भ्याक्सिन निकालेका छन् ।   फाइजर बायोएनटेक, मोर्डना, स्पुतनिक ५, साइनोफार्म भ्याक्सिन यतिखेर संसारका दर्जनौं मुलुकमा परीक्षण गरिएको थियो । रिपोर्टका अनुसार १८ वर्षदेखि ५० वर्ष उमेर समूहबीचमा अध्यायन गरिएको थियो ।

उनीहरुमध्येलाई एक डोज खोप लगाइएको थियो भने केही दुबै डोज खोप लगाइएको थियो । ९० दिनसम्म कोभिड–१९ बाट ग्रस्त व्यक्तिलाई समेत संलग्न गराइएको थियो । खोप लिनु अगाडी र खोप लगाएको ७० पछिको शुक्रकिट लिइएको थियो।  खोप लगाउनु अघि, एक डोज खोप लगाएपछि र दुबै डोज खोप लगाएपछि गरिएको अध्यायनपछि खोपका कारण प्रजनन् क्षेमतामा कुनै फरक नपार्ने निकर्ष निकालिएको थियो ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१८, जुन) मा १९ लाख २९ हजार ४७६ जनाको नमुना परीक्षण गर्दा ६० हजार ७९८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । १७, जुनमा १९ लाख ३१ हजार २४९ जनाको नमुना परीक्षण गर्दा ६२ हजार ४०९ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यस्तै, भारतमा पछिल्लो २४ घण्टा (१८, जुन) मा कोरोना भाइरस संक्रमणबाट १ हजार २६९ जनाको निधन भएको छ ।

१७, जुनमा कोरोना संक्रमणबाट १ हजार ३ सय १० जनाको निधन भएको थियो । नेपाली समय अनुसार असार ५ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९८ लाख २२ हजार ७६२ जना छन् । भारतमा २ करोड ८६ लाख ७० हजार ८७७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ६६ हजार ७१८ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ।

पछिल्लो २४ घण्टा (शुक्रबार) मा ९७ हजार ८५६ जना कोरोना मुक्त भएका छन् । असार ५ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ८५ हजार १६७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !