असोजको पहिलो सातादेखि नै भारतमा कोरोनाको तेस्रो लहर

१८, जूनमा भारतमा ६० हजार ७९८ जनाभन्दा बढी संक्रमित

आजभोलि

काठमाडौं । भारतमा दैनिक लगातार एक लाखभन्दा कम सङ्क्रमित पाइएको यो १३औं दिन हो । विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ । तर विज्ञहरूले फेरी तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् ।

समाचारसंस्था रोयटर्सले स्वास्थ्य विशेषज्ञहरूसँग गरेको एक सर्वेक्षणमा ८५ प्रतिशत सहभागीले कोभिडको तेस्रो लहर भारतमा असौजको पहिलो साताबाटै (अक्टोबर) देखिन सक्ने ठानेको पाइएको छ । ४० जना विज्ञ सहभागी उक्त सर्वेक्षणमा झन्डै दुईतिहाइले उक्त लहरमा बालबालिका र १८ वर्ष मुनिका मानिस सबैभन्दा जोखिममा हुने कुरा स्वीकारेका छन् ।

युरोपका कतिपय देशमा कोरोना भाइरसको तेस्रो लहर फैलिएको छ । बेलायतको केही क्षेत्रमा तेस्रो लहरमा डेल्टा भेरियन्ट फैलिएको पाइएको छ, जुन भेरियन्ट खतरनाक मानिन्छ । जेभीसीआई (Joint Committee on Vaccination and Immunisation)  का सल्लाहकार प्रोफेसर एडम फिनले हिजो शनिबार भनेका छन्– बेलायतमा भ्याक्सिन (खोप) र डेल्टा भेरियन्टबीच कडा प्रतिश्पर्धा चल्ने समय आएको बताएका थिए ।

शुक्रबार बेलायतमा २४ घण्टाको बीचमा ११ हजार ७ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए, जसमा अधिकांश डेल्टा भेरियन्ट पाइएको स्थानिय अखबारले लेखेका छन् । प्रोफेसर एडम फिनका अनुसार कोरोना भाइरसको तेस्रो लहर सुस्त गतिमा फैलिरहेको छ, हामी आशावादी छौं कि सूस्तगति रहोस्, तर हामीले नचाहेर के गर्नु संक्रमण बढिरहेको छ । बेलायतमा हरेक १० जनामा ८ जना युवाले पहिलो डोज खोप लगाइसकेका छन् ।

नेशनल स्टाटिष्टीस्का अनुसार ५४० संक्रमितमध्ये एक व्यक्तिमा डेल्टा भेरियन्ट पाइएको तथ्यांक दिएको छ । त्यसैले जेष्ठ नागरिकलाई खोप लगाउँनु हाम्रो प्राथमिकतामा परेको छ । रिपोर्टका अनुसार १८ वर्षदेखि ५० वर्ष उमेर समूहबीचमा अध्यायन गरिएको थियो । उनीहरुमध्येलाई एक डोज खोप लगाइएको थियो भने केही दुबै डोज खोप लगाइएको थियो ।

९० दिनसम्म कोभिड–१९ बाट ग्रस्त व्यक्तिलाई समेत संलग्न गराइएको थियो । खोप लिनु अगाडी र खोप लगाएको ७० पछिको शुक्रकिट लिइएको थियो । खोप लगाउनु अघि, एक डोज खोप लगाएपछि र दुबै डोज खोप लगाएपछि गरिएको अध्यायनपछि खोपका कारण प्रजनन् क्षेमतामा कुनै फरक नपार्ने निकर्ष निकालिएको थियो ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१९, जुन) मा २० लाख ३९ हजार ९४१ जनाको नमुना परीक्षण गर्दा ५८ हजार ५८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १८, जुनमा १९ लाख २९ हजार ४७६ जनाको नमुना परीक्षण गर्दा ६० हजार ७९८ जना कोरोना भाइरस संक्रमित थपिएका थिए ।

त्यस्तै, भारतमा पछिल्लो २४ घण्टा (१९, जुन) मा कोरोनाभाइरस संक्रमणबाट १ हजार २ सय ३९ जनाको निधन भएको छ । १८, जुनमा कोरोना भाइरस संक्रमणबाट १ हजार २६९ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असार ६ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९८ लाख ८१ हजार ३५२ जना छन् । भारतमा २ करोड ८७ लाख ५८ हजार ४४७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ३६ हजार १६५ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (शनिबार) मा ८७ हजार ५६८ जना कोरोना मुक्त भएका छन् । असार ६ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ८६ हजार ७४० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !