नायिकाबाट पलायन इशा ‘रुद्र’मा उदाउँदै

आजभोलि

बलिउड नायिका इशा देओल फिल्मी क्षेत्रबाट पलायन जस्तै थिइन् । खासगरी विवाह गरेपछि इशा बलिउड नायिकाबाट ओझेलमा परेकी हुन् । बलिउड नायिकामा ख्याति कमाएकी उनै, इशा एकाएक एक ‘वेव’ सिरिजको माध्यमबाट अभिनयमा उदाउँदै छिन् । उनले अभिनय गर्न लागेको ‘वेव’ सिरिजको नाम ‘रुद्र’ रहेको छ । यो सिरिजमा उनले नायक अजय देवगणको जोडीको रुपमा देखिदैछिन्।

यो सिरिजमा कलाकार अजय देवगणसँग काम गर्न लागेको कुरा सामाजिक सञ्जाल ट्युइटमार्फत बताएकी छन् ।  उनले यो पनि भनेकी छन्,–‘अजय र मैले केही चलचित्रमा एकसाथ काम गरेका छौं ।’ नायक धमेन्द्र र नायिका हेमा मालिनीकी छोरी इशाले बलिउडमा सक्रिय रहँदा पनि खासै गतिलो उपस्थिति देखाउन सकेकी थिइनन् । त्यसकारण पनि उनलाई अहिले दर्शकले विर्सिसकेका हुनसक्छन् ।

यो सिरिजमा राशी खन्ना, हेमन्त खेर लगायतका कलाकारको पनि अभिनय रहनेछ । सिरिजको सुटिङ जुलाइको अन्तिमतिरबाट सुरु हुँदै छ । यो सिरिजलाई अप्लाउज इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको हो । यो हलिउड कलाकार इद्रिस एल्बाले अभिनय गरेको ‘लुथर’ नामक वेव सिरिजको हिन्दी रिमेक हो ।

 

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !