भारतीय अभिनेत्री दियाका छोरा आईसीयूमा

आजभोलि

एजेन्सी । भारतीय अभिनेत्री दिया मिर्जा दुई महिनाअघि आमा बनेकी हुन् । उनले मे १४, २०२१ मा आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी हुन् । अहिले भने उनले छोराको नाम सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् छोराको नाम अव्यान आजाद रेखी राखेको जनाएकी छन् । उनले सामाजिक सञ्जालमाफत् आफ्नो छोराको विषयमा एक पोस्ट सार्वजनिक गरेकी छन् ।

उनी लेख्छिन्, ‘छोरा अव्यान दुई महिनाअघि जन्मेको थियो । र, आजसम्म पनि ऊ अस्पतालको आइसियूमै छ । दियाका अनुसार गर्भावस्थामा उनमा आएको केही समस्या र ब्याक्टेरियाको संक्रमणका कारण बच्चाको ज्यान खतरामा थियो । त्यस कारण समय नपुगी बच्चालाई डाक्टरले आमाको पेटबाट निकालेका थिए । दियाले आफू छोरालाई घर लैजान आतुर रहेको बताएकी छन् । साथै परिवारको नयाँ सदस्यलाई सबैले घरमा प्रतिक्षा गरिरहेको उनी बताउँछिन् ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !