कोरोना भाइरसको स्रोत पत्ता लगाउन चीनले सहयोग गर्नुपर्ने डब्ल्यूएचओको दावी

आजभोलि

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अदहानोम गेब्रेयेससले कोरोनाभाइरस प्रयोगशालाबाट लिक भएको हुन सक्ने बताएका छन् । तर लिक हुने अत्यन्त कम सम्भावना छ । उनी थप्छन्, ‘म आपैंm ल्याब टेक्निशियन हुँ, म इम्युनोलोजिष्ट हुँ ।

मैले प्रयोगशालामा काम गरेको थिएँ ।’ उनले भनेका छन्, ‘वैज्ञानिकद्वारा कोरोना भाइरसको स्रोत पत्ता लगाउन चीनले सहयोग गर्नुपर्ने बताएका छन् ।डब्ल्यूएचओ महानिर्देशक टेड्रोसले भनेका भन्छन्, ‘संसारभर पैmलिएको कोरोनाभाइरसको संक्रमण चीनको वुहान शहर पहिलो पटक मानिसमा देखिएको हो।

जसको संक्रमणबाट ४० लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २० लाख ३८ हजार ३१९ जना संक्रमित थपिएका छन् । १४, जुलाईमा १९ लाख १५ हजार ५०१ जनाको नमुना परीक्षण गर्दा ४१ हजार ८५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए।

त्यस्तै, पछिल्लो २४ घण्टा (१५, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ५४४ जनाको निधन भएको छ ।  १४, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ५८० जनाको निधन भएको थियो । आजसम्म भारतमा कोरोना संक्रमितको कूल संख्या ३ करोड १० लाख २५ हजार ८७५ जना छन् । २०७८, साउन १ गतेसम्ममा भारतले ४३ करोड ८० लाख ११ हजार ९५८ जनाको नमुना परीक्षण गरिसकेको छ ।

२०७८, साउन १ गतेसम्ममा भारतमा ३ करोड १ लाख ७६ हजार ३०६ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ३७ हजार ६ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (बिहीबार) मा ३९ हजार ८२३ जना कोरोना मुक्त भएका छन् ।

साउन १ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख १२ हजार ५६३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !