भारतद्वारा नेपाललाई १५० बेड आईसीयू सहयोग

आजभोलि

काठमाडौं । कोरोना महामारीविरुद्ध लड्न आइसीयू बेड कम भइरहेको बेलामा भारतले नेपाललाई १५० बेड हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा १५० बेड आईसीयू कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त आईसीयु बेड हस्तान्तरण गर्दै राजदूत क्वात्राले नेपालमा कोभिड–१९ विरुद्ध लड्न स्वास्थ्य पूर्वाधार विकासका लागि भइरहेको सहयोगलाई सुदृढ पार्दै जानेसमेत बताएका छन् । यसअघि पनि भारतले नेपाललाई लगातार कोरोना महामारीविरुद्धको लडाईंमा सहयोग गर्दै आएको छ ।

उसो त यसअघि कोरोनाविरुद्धको खोप पनि सहयोग गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि विभिन्न मुलुकहरुले बधाईसँगै सहयोग पनि गर्दै आएका छन् । यसअघि चीनले पनि नेपाललाई थप १६ लाख डोज खोप सहयोग गर्ने घोषणा गरेको थियो ।

 

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !