नेपालमा पछिल्लो २४ घण्टाको कोभिड रिपोर्ट

आजभोलि

काठमाडौं । कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५ सय ५० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको दर १ दशमलब ५ प्रतिशत रहेको पछिल्लो तथ्यांकले देखाएको छ ।

अहिले देशभर गरी २२ हजार ८ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ हजार ६ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसैगरी ५ सय ६१ जना आईसीयूमा छन् भने १ सय ६५ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइ घर फर्किसकेका छन् । कोरोना संक्रमणबाट निको हुनेको दर ९४ दशमलब ७ प्रतिशत रहेको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ । ९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !