उपत्यकामा फेरि कोरोना संक्रमण बढ्दै

आजभोलि

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । सो कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । हप्तादिन अघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन यता बढ्न थालेको छ । अहिले दैनिक ७ सयको हाराहारीमा संक्रमित देखिएक छन् ।

उपत्यकामा पछिल्लो चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ । निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउनदेखि यता संक्रमित संख्या दैनिक रूपमा वृद्धि हुँदै गएको छ ।

लक्षण नदेखिएका र परीक्षण गर्न नगएकासहित अहिले देखिएको तथ्यांकभन्दा बढी समुदायमा हुन सक्ने मन्त्रालयको आंकलन छ । मन्त्रालयका अनुसार दैनिक परीक्षण गर्न जानेमध्येमा संक्रमित हुने दर करिब २५ प्रतिशतको हाराहारीमा रहेकोले यो संक्रमणमदर ठूलो संख्या रहेको बताइन्छ ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !