सरकारले चीनसँग थप भेरोसेल खोप खरिद गर्दै

आजभोलि

काठमाडौं । सरकारले चीनसँग थप ६० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिले खरिद गरिएका ४० लाख डोज खोप आपूर्ति भएलगत्तै थप खोप खरिद गरिन लागेको हो ।

प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा चिनियाँ राजदूत होउ यान्छीले चीनले १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेकी थिइन् । सो खोप पनि आउन बाँकी रहेको छ । यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिँदै भारतले खोप सहायता गर्ने घोषणा गरेका थिए ।

भारतबाट १० लाख खोप आउन बाँकी रहेको छ । यस्तै, यसै साता जापानले अनुदानमा दिएको १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आउने भएको छ । देउवा सरकारले पनि ६० लाख डोज खोप भेरोसेल नै खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।

यसअघि प्रधानमन्त्री देउवाले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि अमेरिकी फाइजर कम्पनीको ४० लाख डोज खोप खरिदका लागि कोभ्याक्स सुविधामार्फत प्रस्ताव गरिसकेको छ ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !