भोलिदेखि ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो मात्रा खोप

आजभोलि

काठमाडौं। जापान र भुटानबाट आठ लाख डोज एस्ट्राजेनेका खोप आएलगत्तै सरकारले साढे १३ लाख ज्येष्ठ नागरिकलाई कोभिडविरुद्धको दोस्रो डोज खोप लगाउने भएको छ।

पहिलो मात्रा कोभिशिल्ड लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका साढे १३ लाख नागरिकलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जानकारी दिएको छ। साउन २५ गतेदेखि एस्ट्राजेनेका खोप अभियान सुरू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले जानकारी दिए।

कोभिसिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतीक्षामा रहेकालाई एस्ट्राजेनेका खोपको दोस्रो मात्रा दिने तयारी छ। दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ।

भारतले खरिद गरेर अग्रिम भुक्तानी दिइसकेको १० लाख डोज कोभिसिल्ड खोप नपठाएकाले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप दिने कार्यक्रम प्रभावित बनेको थियो।

वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मिर्गौलाले काम नगरी डायलासिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जनाएको छ ।

 

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !