नेपालमा एकैदिन २ लाख हाराहारीलाई खोप लगाइयो

आजभोलि

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आउनेबित्तिकै सरकारले खोप केन्द्रहरुको संख्या बढाएको छ । असार २९ गते अगाडि २ हजार ९८९ वटा खोप केन्द्र रहेकोमा त्यसपछि ४ हजार ४२२ वटा खोप केन्द्र बनाइएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आएपछि १ हजार ४३३ केन्द्र थपिएका हुन् । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठका अनुसार काठमाडौंमा १५०, ललितपुरमा ७७ वटा र भक्तपुरमा ३८ वटा खोप केन्द्र राखिएको जानकारी दिएका छन् ।

२०७७, माघ १४ गतेदेखि खोप लगाउन थलिएको हो । देशभरि जिल्लामा ‘क्यूआर कोड’सहितको खोप कोर्ड दिने व्यवस्था गरिएको समेत स्वास्थ्य मन्त्रालयका एक अधिकृतले बताए । केही दिनभित्रै ६० लाख डोज खोप चीनसँग खरिद गरिएकोमा नेपाल भित्रिदैछ ।

यो ओली नेतृत्वको सरकारले खरिद गरेको हो । २०७८, साउन २३ गते शनिबार साँझ ६ बजेसम्ममा ४४ लाख ४२ हजार ६२२ जनाले पहिलो मात्रा लगाएका छन् भने पूर्ण डोज खोप लगाउँनेहरुमा २३ लाख ५९ हजार ७९३ जना छन् । २ करोड ९७ लाख ९ हजार ७८२ जनसंख्या भएको सानो मुलुकमा कोरोना भाइरसको संक्रमणबाट १० हजार ३८ जनाको मृत्यु भएको छ ।

२०७८, साउन २३ गते साँझ ७.०० बजेसम्ममा ३६ लाख ७४ हजार ७०१ जनाको नमुना परीक्षण गर्दा ७ लाख १२ हजार ७४० जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये ६ लाख ६७ हजार २७० जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ अर्थात ९३.६ प्रतिशतलाई संक्रमण निको भएको छ ।

नेपालमा हालसम्म ३५ हजार ४३२ जना सक्रिय संक्रमित छन् । अस्पतालहरुको भेन्टिलेटरमा १६९ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । सरकारले साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले खोप सप्ताहका क्रममा दोस्रो डोजको खोप दिने कार्यलाई प्राथमिकता दिइने बताए ।

अस्ति शुक्रबार १ लाख २५ हजार डोज खोप लगाइएको थियो भने शनिबार १ लाख ९१ हजार खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले दोस्रो डोज खोप नपाएका १३ लाख ५० हजारलाई जापान र भुटानबाट आएको खोप लगाइने जानकारी दिएका थिएका थिए ।

जापानले दिएको खोप हिजो शनिबार आइसकेको छ । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई खोप हस्तारण गरिएको हो । स्वास्थ्य मन्त्रालयका अधिकारीले सोमवारबाट ६५ वर्षभन्दा माथिको उमेर समूहका नागरिकलाई आस्ट्राजेनेका खोप दिन थालिने बताएका छन् ।

जापान र भुटान सरकारबाट प्राप्त खोप पहिलो मात्रा कोभिशील्ड खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा दिन लागिएको हो । जापानले आफ्नो देशमा निर्मित आस्ट्राजेनेका खोपको १६ लाख मात्रामध्ये पहिलो किस्ता नेपाललाई शनिवार हस्तान्तरण गरेको हो ।

जापान सरकारले नेपाललाई सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये करिब ८ लाख डोज शनिबार आइपुगिसकेको छ । भुटानले पनि ३ लाख खोप दिने प्रतिबद्धता जनाएको थियो, जुन खोप नेपाल आइसकेको छ ।

 

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !