पर्यटन व्यवसायीद्वारा तीस दिनभित्र कोरोना खोप व्यवस्था गर्न माग

आजभोलि

काठमाडौं । पर्यटनसँग सम्बन्धित विभिन्न छाता संगठनले पर्यटकीय क्षेत्रमा अग्रभागमा खटिने व्यवसायी, कामदार तथा कर्मचारीको लागि ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरिएको छ ।

कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनर्ताजगीका लागि पर्यटनसँग सम्बन्धित विभिन्न छाता संगठनले संयुक्त विज्ञप्तिमार्फत् सो माग गरेका हुन् ।

संगठनले यथाशीघ्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गर्न माग गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेटमा घोषणा गरिएको पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमलाई यथाशीघ्र लागू गर्नुपर्नेमा जोड दिइएको छ ।

कोभिडविरुद्धको खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकलाई क्वारिन्टनमा बस्न नपर्ने तथा विमानस्थल र अन्य प्रवेश विन्दुमा पिसिआर परीक्षणको व्यवस्था मिलाउनुपर्ने नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज् (नारा)का महासचिव शिशिर खनालले बताएका छन् ।

पर्यटकको यात्रा सहजीकरण तथा नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाइन भिसा सेवा प्रणालीमार्फत सहज रूपमा ‘भिसा अन–अराइभल’ व्यवस्था लागू गर्नुपर्ने माग गरिएको छ ।

त्यसको लागि फ्रि भिसाको कार्यान्वयन अविलम्ब सुरु गरी पर्यटकीय सेवा प्रदायक होटल÷एजेन्टमार्फत मात्र भ्रमण गर्न पाउने व्यवस्था गर्न माग गरिएको छ । स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउनु पर्ने छ । त्यसको लागि देशव्यापी तालिम तथा अनुगमन संयन्त्रको व्यवस्था गर्नुपर्ने ।

सिसीएमसीमा पर्यटनसम्बद्ध मुख्य छाता सङ्गठनका अध्यक्षबाट प्रतिनिधित्व हुनुपर्ने छ । साथै पर्यटक सवारी साधनमा छुट्टै किसिमको इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ ।

ट्रेकिङ, टूर, ¥याफ्टिङलगायतको व्यवसायलाई बचाइराख्नका लागि न्यूनतम अधिकृत पूँजी रु २५ लाख बराबर बिनाधितो शून्य प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताउनुभयो ।

कोभिडका कारण पर्यटन यातायात सञ्चालन नभएको अवस्थामा सवारी कर पूर्णरूपमा छुट गर्नुका साथै आव २०७६÷७७ र २०७७÷७८ को जरिवना पूर्ण छुट गर्न माग गरिएको छ ।

पर्यटकीय यातायात व्यवसायीका लागि तीन प्रतिशतमा कर्जा उपलब्ध गराउनुपर्ने साथै सवारी साधन जाँचपास तथा प्रदूषण परीक्षण शीर्षकमा लाग्ने कर तथा जरिवना एक वर्षका लागि मिनाहा गर्नुपर्ने टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का अध्यक्ष ईश्वर शर्माले बताउनुभयो ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा टान, टिवान, नारा, नेपाल एसोशिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा), होटल सङ्घ नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), नेपाल एशोसिएशन अफ टुर अप्रेटर (नाटो, हिमालय उद्धार सङ्घ (एचआरए)लगायतका पर्यटकीय सङ्घसंस्था रहेका छन् ।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !