जन्मँदै आन्द्रा र कलेजो बाहिर निस्किएका शिशुको सफल शल्यक्रिया

आजभोलि

जन्मँदै आन्द्रा र कलेजो पेटबाहिर निस्किएको एक शिशुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शल्यक्रिया सफल भएको छ। भोजपुरको दावा प्राथमिक स्वास्थ्य केन्दमा जन्मिएका सिद्धेश्वर गाउँपालिका–४ मान्द्रेका सन्ध्या विकको शिशुलाई गत असार २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

शिशुलाई एक महिनासम्म एनआईसीयूमा राखेर प्रतिष्ठानका डा. राजेश साहको टोलीले शल्यक्रिया गरेको थियो। डा. राजेश साहको टोलीले बाहिर निस्किएको आन्द्रा र कलेजो सफल शल्यक्रिया गरी मिलाएका हो। १२ हजार शिशुमध्ये एकजनामा यस्तो समस्या आउने डा साहले बताउनुभयो ।

‘विभिन्न कारणले जन्मनुभन्दा अगाडि पेट राम्ररी विकसित नभएको बच्चा जन्मँदा यस्तो समस्या आउने गर्छ । यसलाई ग्यास्ट्रोजचेसिज भनिन्छ’, उनले भने। शिशुको नाइटोबाट पूरै आन्द्रा बाहिर निस्किएकोमा १५ दिनसम्म प्लाष्टिकको ब्यागमा हालेर एनआईसीयूमा राखी शल्यक्रिया गरिएको हो।

जन्मँदा नानीको स्वरुप नै बिग्रिएको थियोे । शल्यक्रियापछि राम्रो भएको शिशुका बुबा नवराज परियारले खुसी व्यक्त गरे। शल्यक्रियापछि घाउ पाकेकाले आज चिकित्सकको सल्लाहअनुसार ‘फलोअप’मा राखिएको छ। पाँच वर्षअघि डा राजेश यस प्रतिष्ठान आएपछि यस्ता जटिल प्रकृतिका बच्चाको उपचार सहज र सुलभमा हुँदै आएको छ।

यसअघि भारत तथा काठमाडौँका महँगो अस्पतालमा यस्ता बिरामीको उपचार गराउँदा लाखौँ रकम खर्च हुने गथ्र्योे। तर अहिले प्रतिष्ठानले भने शल्यक्रिया शुल्क १३ हजार मात्र लिँदै आएको छ। औषधि तथा अन्य सबै गरेर रू ५० हजारमा उपचार हुँदै आएको छ। (रासस)

 

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !