गेटा मेडिकल कलेजलाई विश्वविद्यालय मातहत ल्याउन सात विद्यार्थी संघगठनको माग

आजभोलि

साउन २९, कञ्चनपुर । कञ्चनपुरका सात विद्यार्थी संगठनले प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन माग गरेका छन् । कलेजलाई विश्वविद्यालय मातहत ल्याएर आगामी वर्षदेखि पठनपाठन सञ्चालन गर्न संगठनमा आबद्ध विद्यार्थीले माग गरेका हुन् ।

प्रस्तावित मेडिकल कलेजलाई तत्काल सुप विश्वविद्यालयअन्तर्गत ल्याएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । विद्यालयमा आगामी वर्षदेखि पहिलो चरणको अध्ययन–अध्यापन सञ्चालन गर्न माग गरिएको अनेरास्ववियुका केन्द्रीय सचिव गणेश सिंह ऐरीले बताएका छन् ।

‘मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने छलफल पनि थालिएको छ’, उनले जोड दिएका छन्, ‘प्रतिष्ठान नभएर सुुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउनुपर्छ ।’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय विसं २०६६ मा घोषणा गरिएको थियो ।

विद्यार्थी संगठनले मेडिकल कलेज सञ्चालनमा सरकार उदासीन देखिएको आरोप समेत लगाएका छन् । “मेडिकल कलेज सञ्चालनमा राज्यले देखाएको उदासीनताले सबै चिन्तित छौँ”, नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सहमहामन्त्री अच्युतराज कलौनीले भन्नुभयो, ‘प्रस्तावित गेटा मेडिकल कलेजको प्रक्रिया अघि बढाउने सन्दर्भमा शैक्षिक कार्यक्रम सञ्चालनको मोडेल अझै तयार भएको छैन ।

त्यो छिटो तयार गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।’ अहिले आएर मेडिकल कलेजका रूपमा अगाडि बढाउने वा छुट्टै स्वायत्त प्रतिष्ठान बनाएर सञ्चालन गर्ने भन्ने विषय छलफल भइरहेको उहाँले बताउनुभयो ।

विद्यार्थीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयमार्फत प्रधानमन्त्री देउवालाई शैक्षिक कार्यक्रम सञ्चालनको नमूना तयार गरी आगामी वर्षदेखि प्रारम्भिक चरणको पठनपाठन सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । (रासस)

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !