झापा, मोरङ र सुनसरी ‘दधिकादो पर्व’ उल्लासपूर्व मनाइयो

आजभोलि

काठमाडांै । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले ‘दधिकादो पर्व’ मेचीनगरमा उल्लासपूर्वक मनाएका छन् । कोभिड–१९ को महामारीका कारण यसपालि ठूलो मेला आयोजना नगरिए पनि मौलिक परम्परालाई धान्दै स्थानीयस्तरमा कार्यक्रमहरु भए।

राजवंशी, गनगाई र ताजपुरिया समुदायले यस पर्व विशेषरूपमा मनाउने गर्दछन्। मेचीनगर नगरपालिका–७ मदनबस्तीमा राजवंशी युवाले चिल्लो बाँसको टुप्पामा बाँधिएको नरिवल र पैसा झिक्ने प्रतियोगितात्मक खेलको आयोजना गरे। सो प्रतियोगितामा मेचीनगर–७ का देवलाल राजवंशी प्रथम हुनुभएको थियो।

दधिकादो पूर्वी नेपालका आदिवासी राजवंशीको मौलिक र विशिष्ट पर्व हो। ‘दधि’ भनेको दही र ‘कादो’ भनेको हिलो हो । मान्यताअनुसार श्रीकृष्णले दहीको हिलोमा खेल्न मन पराउनुहुन्थ्यो। यसैकारण यस पर्वमा हिलो खेलेर भगवान् श्रीकृष्णको आराधना गरिन्छ।

हिलो भएको स्थानमा अग्लो बाँसको टुप्पोमा नगद र नरिवल कपडामा बाँधेर राखिन्छ। युवाहरु सो बाँस चढेर नरिवल र नगद हात पार्ने प्रतिस्पर्धा गर्दछन्। बाँस चिल्लो बनाइएको हुँदा चढ्न मुस्किल हुन्छ भने बाँसका टुप्पोमा पनि तेल राख्ने गरिन्छ। यसबाट चढ्न खोज्दा बाँस हल्लिएर झन् चिल्लो हुन्छ।

स्थानीयवासी पुनलाल राजवंशीले यो खेल परापूर्वकालदेखि चलिआएको बताउनुभयो। यसलाई राजवंशीहरुले सांस्कृतिक पहिचानको चाडका रूपमा लिने गरेका छन्।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !