गायिका अफ्रिताको म्यूजिक भिडियो सार्वजनिक

आजभोलि

काठमाडौं । उदीयमान गायिका अफ्रिता खड्गीले आफ्नो डेब्यु म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक गरेकी छिन् । उनी ‘भ्योइस अफ नेपाल सिजन–३’ मार्फत दर्शक स्रोता माझ उदायकी हुन् । बालाजुकी अफ्रिता खड्गी द भोईस अफ नेपाल सिजन–३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएकी थिइन् ।

यस गीतमा शब्द, संगीत हाल इजरायलमा रहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको रहेको छ । यसअघि गायिका अञ्जु पन्तको स्वरमा एउटा वियोगान्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । उक्त गीतमा संगीतकार राज लिम्बुको शब्द तथा संगीत रहेको छ । गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

गीत बाल्यकालको साथीसँगको प्रेम र मित्रतालाई स्मरण गीतमा उजागर गरिएको छ । भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बालकलाकार समृद्धि र सौरभको समेत अभिनय समावेश छ । कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियोलाई इसाक जबेगुले छायांकन गरेका हुन् ।

सहायक छायाँकार धिरेन तुम्बापो लिम्बु रहेका छन् । भिडियोमा सञ्जु थलाङको मेकअप रहेको छ । हाङ चेम्जोङको निर्देशनमा भिडियो तयार पारिएको हो । राज लिम्बु अफिसिएल मार्फत भिडियो सार्वजनिक भएको हो । साथै छिट्टै मेल भर्सनमा समेत सार्वजनिक हुने तयारी रहेको बताइएको छ ।

 

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !