सुरक्षित गर्भपतन गराउने घट्दै

आजभोलि

काठमाडौं । पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको छ । तीन वर्षयताको स्वास्थ्य कार्यालयको तथ्याङ्कलाई हेर्दा जिल्लामा सुरक्षित गर्भपतन गराउनेहरु घट्दै गएको पाइएको हो । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा ७७७, २०७६÷७७ मा ५८१ र २०७७÷७८ मा ५६५ ले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

तीमध्ये सुरक्षित गर्भपतन गराउनेमा ५५ जना २० वर्षमुनिका रहेका बताइएको छ । जिल्लामा आव २०७५÷७६ मा २४, आव २०७६÷७७ मा २० र गत आवमा ११ जना २० वर्षमुनिकाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । परिवार नियोजन सेवाको उपलब्धता र प्रयोगसँगै गर्भपतन गराउने महिलाको संख्यामा कमी आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

साथै कोरोना कहरका कारणले पनि कसैले मेडिकलबाट औषधि किनेर पनि गर्भपतन गराएको हुनसक्ने बताइएको छ । तराईतिर गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिएकाले पनि सुरक्षितरुपमा गर्भपतन गराएको हुनसक्ने स्वास्थ्य कार्यालयको अनुमान छ ।

त्यसैगरी जिल्लामा नौवटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ । तीन वर्ष अगाडि जिल्लाका २४ सूचीकृत संस्थाबाट सेवा प्रवाह भइरहेकामा अहिले नौवटा संस्थाबाट सेवा उपलब्ध रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला अस्पताल, सिद्धेश्वर स्वास्थ्यचौकी, पाटन प्राथमिक स्वास्थ्यकेन्द्र, विशालपुर स्वास्थयचौकी, शर्माली स्वास्थ्यचौकी, हाट स्वास्थ्यचौकी, रिम स्वास्थ्यचौकी, कोटपेटरा स्वास्थ्यचौकी र गिरेगडा स्वास्थ्यचौकीमा सेवा उपलब्ध रहेको हो । तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावका कारण बाँकी संस्थामा सेवा बन्द रहेको हो ।

सूचीकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी नहँुदा अन्य ठाउँमा गएर असुरक्षित गर्भपतन गराउनाले जोखिम बढ्दै गएको छ । सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएका केही स्वास्थ्य संस्थाबाट सो सेवा बन्द भएपछि असुरक्षित गर्भपतन गराउने जोखिम बढ्दै गएको छ ।

जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । हाल सेवा बन्द रहेका १५ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि पहल भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !