फिल्म ‘चोर र पुलिस’ काक्तिकबाट हलमा

आजभोलि

काठमाडौं । तिहारको अवसर पारेर प्रदर्शन गर्न लागिएको फिल्म ‘चोर र पुलिस’ को टिजर शुक्रबार सार्वजनिक गरिएको छ । आरएल मोक्तानको निर्देशनमा बनेको फिल्म १७ कात्तिकमा प्रदर्शन हुने रोहित कट्टेलले जानकारी दिए ।

कोरोनाका कारण लामो समय बन्द रहेका सिनेमा हल दशैँको छेकोमा सञ्चालन आउने भएपछि निर्माताहरुले आफ्नो फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन् । सोही सन्दर्भमा तिहारका लागि ‘चोर र पुलिस’ तयार गरिएको निर्देशक आरएलले बताए ।

मान्छेले नचाहँदा नचाहँदै पनि चोर बन्नुपर्ने परिस्थितिलाई रोचक रुपमा प्रस्तुत गरिएको बताइने फिल्ममा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिशन बस्नेत, रबि गिरी, सोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राया, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई (भाले डन) लगायतको अभिनय छ ।

आर सोनाम मोक्तान र लंका माया मोक्तान निर्माता रहेको फिल्मको सहनिर्मातामा करणबहादुर बिष्ट छन् । खड्क लामा मोक्तानको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा जीवन लामा छन् ।

निर्देशक आरएल कोरोनाका कारण ठप्प रहेको नेपाली फिल्म उद्योगलाई आफ्नो फिल्मले थोरै भए पनि राहत दिन सक्ने विश्वास ब्यक्त गर्दै सबैको साथ सहयोग पाउने आशा राखेको बताउँछन् ।

  • १७ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !