‘माछीले चलायो पानी’मा म्युजिक भिडियो सार्वजनिक

आजभोलि

काठमाडौँ । लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर रहेको सुमधुर गीत ‘माछीले चलायो पानी’ भिडियो सहित सार्वजनिक भएको छ । बिशिष्ट संगीतकार आलोक श्रीको संगीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले कोरेका हुन् ।

गीतमा प्रेमी प्रेमीकाले एक अर्काको सम्झनामा ब्यक्त गर्ने मनका भावन समेटिएको छ । प्रेमी प्रेमीकाले एकअर्काेलाई भेट्न आतुर रहेको कथामा भिडियो निर्माण भएको छ । जसमा अभिनेता दीलिप रायमाझी र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा दीलिप र गरिमालाई प्रेमी प्रेमीको रुपमा, रोमान्टिक अवतारमा उतारिएको छ ।

प्रेमीका भेट्न हिडेका दीलिप र प्रेमीको पर्खाइमा रहेकी गरिमाको भिडियो अभिनय सुहाउँदो छ । आलोक श्रीका संगीतले मनमोहक बनेको गीतलाई भिडियोले सिगार्ने काम गरेको छ ।

गुञ्जन इन्टटेनमेष्टले निर्माण गरेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, भरत रेग्मीको सम्पादन छ । भिडियोको निर्देशन मौसम हिमालले गरेका हुन् । भिडियो संगीतकार आलोक श्रीको आफ्नै युट्युव च्यानल आलोक श्रीबाट सार्वजनिक भएको छ । गीत दर्शक तथा श्रोताले रुचाउनेमा आफु विश्वस्त रहेको संगीतकार आलोक श्रीले बताए ।

  • १७ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !