परदेशको पीडा नामक दशैं गीत सार्वजानिक

आजभोलि

काठमाडौँ । गीतकार तथा संगीतकार मिना लामाको दशै गीत परदेशको पीडा (आमा) सार्वजनिक भएको छ । चाहबिल स्तुपा नजिकै रहेको जुम बर्गर फापारे सेलो साँझमा एक पत्रकार सम्मेलन गरि गीतको भिडियो मिना कृयसन युट्युब च्यानलमाफत सार्वजानिक गरेका हुन ।

राजकुमार बानियाँको आवाज रहेको उक्त गीतमा मिना लामा स्वयंको शब्द, संगीत रहेको छ भने कृष्ण शताब्दीको संगीत संयोजन रहेको छ । गीतलाई अजय रेग्मीले छायांकन, राजेश कुमारले भिडियो सम्पादन गरेका हुन् । गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा गौरी मल्ल, अमिर दोङ, सुधीर श्रेष्ठ, रमेश लामा, नविना ब्लोन, लोकेन लामा, विष्णु लामा र विशाल युद्धको अभिनय रहेको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा तामाङ तथा सेलो गीत संगीत क्षेत्रका स्वरसम्राट चन्द्र कुमार दोङ रहेका थिए भने विशेष अतिथिको रुपमा तामाङ चलचित्र क्षेत्रका महानायक अमिर दोङ रहेका थिए ।

भिडियो सार्वजनिक कार्यक्रम डिजिएस अनलाईन, मिडिया नेपाली सेलो म्युजिक,सदाबहार टिभीको समन्वयमा सम्पन्न गरिएको थियो । कार्यक्रम डिजिएस अनलाईन टिभीका प्रस्तोता सिङ्ग मोक्तानको सभापतित्वमा सम्पन्न भएको हो ।

  • १७ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !