गायक रौनियारको ‘ट्याङ्का भरी सुन’ सार्वजनिक

आजभोलि

काठमाडौं । गायक सचिन रौनियारको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘ट्याङ्का भरी सुन’ बोलको गीतमा रौनियारसँगै गायिका रचना रिमालको आवाज रहेको छ। गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् भने संगीत राजनराज सिवाकोटीले भरेका छन्।

सार्वजनिक गीतको भिडियोमा हास्यटेलिसिरियल ‘सक्किगोनि’का चर्चित जोडी सागर लम्साल ‘बले’ र प्रियना आचार्यको अभिनय रहेको छ। भिडियोमा ट्याङ्का भरी सुन छ भन्दै धाक लगाउने सचिनबाट सुनको ट्याङ्का नै फुत्काएको कुरा देखाइएको छ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन्। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन्।

गीतलाई लिएर गायक सचिन निकै उत्साहित छन्। गीत र भिडियो दुबैमा निकै मिहिनेत गरेकाले दर्शक÷श्रोताको राम्रो साथ मिल्नेमा उनी विश्वस्त छन्।

भिडियोलाई ‘एम ८ म्युजिक फ्याक्ट्री’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

  • १८ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !