महाकाली सिँचाइ आयोजना : २२ शाखा नहर निर्माणको प्रक्रियामा

आजभोलि

काठमाडौं । कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ । कञ्चनपुरमा २२ वटा शाखा नहर निमार्णको गृहकार्य अघि बढाइएको छ ।

मुल नहर निमार्ण सुरु गरेको डेढ दशकपछि साना र ठूला गरी यहाँ झण्डै ५० किलोमिटर लामो शाखा नहर निमार्णका लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिनुभयो । करिब १३ किलोमिटर मुल नहर निमार्ण सकिए पनि आयोजनाअन्तर्गत बाँकी १५ किलोमिटर मुल नहर निमार्णाधीन अवस्थामै छ ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरशाखा नहर निमार्णको तयारी तीव्र पारेको छ । “शाखा नहर निमार्णका लागि योजना बनाउँदै छौँ”, पण्डितले भन्नुभयो, “आगामी फागुनभित्र शाखा नहर निमार्णको ठेक्का आह्वान गर्ने तयारी छ ।”

भारतले महाकाली नदीदेखि नेपाल–भारत सीमासम्म बनाउनुपर्ने नहरका संरचना तयार गरिसकेको छ । महाकाली सन्धीअनुसार भारतले नेपालको सीमासम्म यहाँ एक हजार दुई सय मिटर मूल नहर र हेडरेगुलेटर लगायतका संरचना बनाउनुपर्ने हुन्छ । सोही अनुसार भारतले नहर निमार्ण लगभग अन्तिम चरणमा पुर्याएको इन्जिनियर पण्डितको भनाइ छ ।

आयोजनाले नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ करिब दुई सय मिटर मूल नहर निर्माण गर्न बाँकी छ । सो नहर भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा पर्छ । शून्य बिन्दुदेखि २८ किलोमिटर मूल नहर बनिरहेको क्षेत्रसम्म अहिले शाखा नहरको काम समेत अघि बढेको छ । “निमार्णाधीन १५ किलोमिटर मूल नहर बीचमा जग्गा मुआब्जा र सामुदायिक वनमा रुख कटानका कारण ढिलाइ भएको हो”, उनले भने ।

त्यसैगरी सिँचाइले कञ्चनपुरको महाकाली पारी दोधारा चादँनीमा समेत नहर निर्माणका लागि सर्वे थालेके भए पनि स्थानीयको अवरोध पछि केही समय स्थगन भएको छ । “स्थानीयले अवरोध गरेपछि दोधारा चादँनीमा सर्वेको काम अहिले रोकिएको छ”, पण्डितले भन्नुभयो, “त्यहाँ महाकालीबाट सिँचाइका लागि ३५० क्युसेक पानी लगिनेछ ।” हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरका लागि रु दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भए अनुसार काम भइरहेको छ ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !