कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता

आजभोलि

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय राखिए पनि सोमबार राति मध्यरातसम्म उम्मेदवारी दर्ता गरिएको थियो । भौगोलिकरूपमा देशकै ठूलो महानगरपालिका पोखरामा प्रमुख पदमा २३ जनाको उम्मेदवारी परेको छ ।

महानगरको प्रमुख पदका लागि उम्मेदवारी दिनेमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्य हुनुहुन्छ भने नेकपा ९एमाले०का कृष्ण थापा हुनुहुन्छ । अन्य प्रमुखका उम्मेदवारमा साना दलका साथै स्वतन्त्र हुनुहुन्छ । पोखराको उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका कोपिला रानाभाट र एमालेका मञ्जुदेवी गुरुङको उम्मेदवारी परेको छ ।

कास्कीका अन्य चार गाउँपालिकामध्ये अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका युवराज कुँवर र एमालेका विष्णु केसीले उम्मेदवारी दिनुभएको छ । उपाध्यक्षमा कांग्रेसका खेमकुमारी गुरुङ र एमालेका चन्द्रा अधिकारीको उम्मेदवारी छ । माछापुच्छ«ेको अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङ र एमालेका विक्रम गुरुङ तथा उपाध्यक्षमा कांग्रेसका सीता अधिकारी र एमालेका सीता तिवारी हुनुहुन्छ ।

मादीमा अध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका देवीजङ्ग गुरुङ र एमालेका महेन्द्र गुरुङ प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का लालबहादुर गुरुङ र एमालेका कल्पना गुरुङको उम्मेदवारी परेको छ ।

त्यस्तै रुपा गाउँपालिकामा कांग्रेसका गीमाया गुरुङ र एमालेका नवराज ओझाले उम्मेदवारी दर्ता गराउनुभएको छ । रुपाको उपाध्यक्षमा कांग्रेसका नारायण श्रेष्ठ र एमालेका लालसुब्बा गुरुङको उम्मेदवारी परेको छ । दुई दिनसम्म उम्मेदवारी मनोनयनको समय राखिए पनि दोस्रो दिन राति अबेरसम्म उम्मेदवारी दर्ता गरिएको थियो ।

  • १३ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !