बागलुङमा पुरानै उम्मेदवार आमनेसामने

आजभोलि

काठमाडौं । सत्ता साझेदार दलका साझा उम्मेदवार वसन्तकुमार श्रेष्ठले यसपटकको चुनावमा पनि बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का जनकराज पौडेलको सामना गर्नुपर्ने भएको छ ।

विसं २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा विजयी बन्नुभएको थियो । पौडेलले ११ हजार ६१४ र श्रेष्ठले नौ हजार ३१९ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसले पुनः श्रेष्ठ र एमालेले पौडेललाई उम्मेदवार बनाएपछि पुरानै प्रतिद्वन्द्वी आमनेसामने भएका हुन् । पाँच दलीय गठबन्धनका तर्फबाट श्रेष्ठ अघि बढ्नुभएको हो भने एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर पौडेललाई चुनावी मैदानमा उतारेको हो ।

विसं २०७४ को चुनावमा बानपामा एमाले–राष्ट्रिय जनमोर्चा र राप्रपाले गठबन्धन गरेका थिए । कांग्रेस एक्लै चुनावमा होमिएको थियो । यो चुनावमा कांग्रेससँग नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय जनमोर्चा, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीको तालमेल छ ।

सत्ता गठबन्धनका तर्फबाट उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्का र एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका सञ्जय खड्काको उम्मेदवारी परेको छ । विसं २०७४ को चुनावमा एमाले–राजमो–राप्रपा गठबन्धनबाट राप्रपाका सुरेन्द्र खड्का उपप्रमुखमा विजयी हुनुभएको थियो ।

सोही गठबन्धनले नगरका ११ वडामा जीत निकालेको थियो भने कांग्रेस जम्मा तीनवटा वडामा मात्र विजयी बनेको थियो । अहिले वडामा पनि गठबन्धन दल र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका दलले वडा तहसम्मै तालमेल गरेर चुनाव लड्दैछन् ।

जिल्लाका अरु स्थानीय तहमा पनि कतिपय दलले पहिलेकै प्रमुख–अध्यक्षलाई पुनः उम्मेदवारमा दोहो¥याएका छन् । विसं २०७४ को चुनावमा पराजित भएका पनि फेरि उम्मेदवार बनेका छन् । कांग्रेसले गलकोट नगरपालिकाको प्रमुखमा यसअघि प्रमुख रहनुभएका भरत शर्मा गैरेलाई फेरि उम्मेदवार बनाएको छ । यस्तै तमानखोला गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर जोकलाल बुढा पुनः कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

एमालेले पनि बागलुङ र ढोरपाटन नगरपालिकामा पुरानै अनुहारलाई ल्याएको छ । ढोरपाटन नगरपालिकाको प्रमुख भइसक्नुभएका देवकुमार नेपाली यो चुनावमा पनि एमालेको तर्फबाट प्रमुखमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । गत चुनावमा बडिगाड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवारसँग पराजित कांग्रेसकी गण्डकी थापा अधिकारी अहिले गठबन्धनका तर्फबाट अध्यक्षको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ ।

राष्ट्रिय जनमोर्चाले पनि बरेङ गाउँपालिकाको अध्यक्षमा पुनः कृष्ण पौडेललाई अघि सारेको छ । गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर उहाँ गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएको हो ।

  • १३ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !