भूकम्प स्मृतिसभा : स्वयंसेवकको सुरक्षामा गर्न माग

आजभोलि

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले विसं २०७२ वैशाख १२ गतेको अकल्पनीय विनाशकारी भूकम्पमा परी अकालमा ज्यान गुमाएका आफ्ना कर्मचारी तथा स्वयंसेवकको स्मृतिमा श्रद्धाञ्जलिसभा आयोजना ग¥यो ।

विश्व सम्पदा सूचीमा अवस्थित ऐतिहासिक काष्ठमण्डपमा रक्त सङ्कलन भइरहेको अवस्थामा गएको भूकम्प कारण सो दिन केन्द्रीय रक्तसञ्चार सेवामा कार्यरत वरिष्ठ प्रविधिक सहायक लालमाया गुरुङ, रक्त सङ्कलन स्वयंसेवक सानुमैया कपाली र सिम्रन डङ्गोललगायत स्वयंसेवी रक्तदाताको निधन भएको थियो ।

सोमबार आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले मानवीय सेवामा तल्लीन रेडक्रसका स्वयंसेवक र कर्मचारीको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “रक्तसञ्चार सेवालाई चुस्त बनाउन सामूहिक सहकार्य र समन्वयको आवश्यक छ । यसमा नेरेसोले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।” उहाँले पालिकाहरुको सहकार्यमा नेरेसोले निःशुल्क रक्तसञ्चार अभियान सुरुआत गरिसकेको जानकारीसमेत दिनुभयो ।

कार्यक्रममा रक्तसञ्चार सेवाका कर्मचारी गमला क्षेत्री र राम श्रेष्ठले आफूहरूले सो दिन ‘फिल्ड’मा खटिँदा भोगेको अनुभव सुनाउँदै आगामी दिनमा पनि मानवीय सेवामा तल्लीन हुने बताउनुभयो । नेरेसो कर्मचारी सङ्घका अध्यक्ष विष्णु तिम्सिनाले अग्रपङ्क्तिमा खटिने कर्मचारी तथा स्वयंसेवकको मनोबल बढाउन राज्य र संस्थाले थप काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले व्यक्तिगत, सामुदायिक र संस्थागत पूर्वतयारीको थप खाँचो औल्याउँदै यसका लागि प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानवीय सेवा तथा विपद् प्रतिकार्यका लागि नेरेसोले दीर्घकालीन योजना बनाई समुदायमा काम गरिरहेको छ ।”

  • १३ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !