दाङमा ५२० पदका लागि दुई हजार ४१२ जनाको उम्मेदवारी

आजभोलि

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ५२० पदका लागि दुई हजार ४१२ जनाले मनोनयन दर्ता गराएका छन् । दाङका १० वटै स्थानीय तहका विभिन्न पदमा पाँचदलीय गठबन्धन, नेकपा ९एमाले०, अन्य दल र स्वतन्त्रबाट उम्मेदवारी परेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार जिल्लाका दुई उपमहानगरसहित १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, १०० वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी परेको हो । प्रमुख÷अध्यक्षमा ८७, उपप्रमुख÷उपाध्याक्षमा ६५, वडाध्यक्षमा ५५१, खुला सदस्यमा ९०३, महिला सदस्यमा ४२८ र दलित महिला सदस्यमा ३७८ जनाको उम्मेदवारी परेको छ ।

घोराही उपमहानगरपालिकामा ४४०, तुलसीपुर उपमहानगरपालिकामा ५३२, लमही नगरपालिकामा २४२, दङ्गीशरणमा १६२, गढवामा १९५, राप्तीमा २३३, राजपुरमा १८८, बङ्गलाचुलीमा ११५, शान्तिनगरमा १४८ र बबईमा १५७ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिका प्रमुखमा १५ र उपप्रमुखमा आठ तथा तुलसीपुर उपमहानगरपालिका प्रमुखमा १२ र उपप्रमुखमा आठ जनाको उम्मेदवारी परेको छ । दुई उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकामा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल भएको छ । अन्य पालिकामा भने दलहरूले छुट्टाछुट्टै प्यानल खडा गरी उम्मेदवारी दिएका छन् ।

  • १४ बैशाख २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !