सेयर बजार निरन्तर ओरालोतर्फ

आजभोलि

काठमाडौं । सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार बजार सूचक नेप्से ओरालो लागेको छ ।

गत साताभरमा निरन्तर ओरालो लाग्दै आएको बजार सूचकको गिरावटको क्रम आइतबार पनि नरोकिएन ।

आइतबार नेप्से १।८९ प्रतिशत अर्थात ३७।२७ अंकले घटेर १९३४ दशमलव ११ अंकमा आइपुगेको छ । गत साता नेप्से ७७ अंक घटेर १९७१ दशमलव ३८ अंकमा ओर्लिएको थियो । ठूला कम्पनीहरूको मापक परिसूचक ९सेन्सेटिभ इन्डेक्स० ७।२९ अंक अर्थात १ दशमलव ९१ प्रतिशतले घटेर ३७३ दशमलव ८५ अंकमा ओर्लिएको छ ।

आज २३३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ । २७ हजार ६ वटा संख्यामा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो ।

कारोबारमा आएका सबै उपसमूहगत सूचक राताम्मे बनेको छ । विकास बैंक, फाइनान्स, अन्य, म्युचुअल फण्ड र जलविद्युतको सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

घटेको बजारमा नेपाल टेलिकमको उच्च कारोबार भएको छ । टेलिकमको १० करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी एनसीसी बैंकको ५ करोड ६८ लाख, सेञ्चुरी कमर्सियल बैंक ४ करोड ८२ लाख, नबिल बैंक ४ करोड ७ लाख र एनआईसी एशिया बैंकको ३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा आधिँखोला जलविद्युतको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । प्रभु लाइफ इन्स्योरेन्स र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

आइतबारको बजारमा रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक ९।५६ प्रतिशतले घटेर २४६।९० रुपैयाँमा झरेको छ । बलेफी हाइड्रोपावर ८।१९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंक ७।६८ प्रतिशत, माउन्टेन हाइड्रोपावर नेपाल लिमिटेड ७।३३ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७।११ प्रतिशतका दरले ओरालो लागेको छ ।

 

  • ५ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !