कर्णाली योजना आयोग नौ महिनादेखि पदाधिकारीविहीन

आजभोलि

सुर्खेत । कर्णाली प्रदेश योजना आयोग नौ महिनादेखि पदाधिकारीविहीन बनेको छ ।

सांसदहरुले कर्णाली प्रदेशसभा बैठकमा योजना आयोग गठन नहुनुको कारण सरकारसँग माग गरेपनि जवाफ दिन सकेको छैन ।

माओवादी केन्द्रका सांसद विमला केसीले योजना आयोग गठन हुन किन नसकेको भन्दै बैठकमा जवाफ मागे पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिन सकेनन् ।

आर्थिक वर्ष २०७९(८० को बजेट समेत योजना आयोगविहीन अवस्थामै निर्माण गरी प्रदेशसभाबाट सोमबार पास भएको छ । अघिल्लो कार्यकालमा योजना आयोग रहेका पधाधिकारीले बनाएका योजनाका खाका यो बजेटमा समेटिएको अवस्था छैन ।

पछिल्लो पटक प्रदेश सरकार गठन हुँदा योजना आयोगको उपाध्यक्षसहित तीन मन्त्रालय ओवादीलाई, दई मन्त्रालय एकीकृत समाजावादी र दुई मन्त्रालय कांग्रेसले लिने आन्तरिक सहमति भएको थियो ।

सरकार गठन गर्दा भएको उक्त सहमति मुख्यमन्त्री शाहीले कार्यान्वन नगर्दा योजना आयोग रिक्त भएको दाबी नेताहरुले गरेका छन् ।

 

  • २९ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !