एमालेको कार्ड लिएर गभर्नर पदमा बस्न मिल्दैन : रामचन्द्र पौडेल

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । गभर्नरले गर्दा देशमा कानुनी जटिलता निम्तिएको भन्दै उनले राजीनामा दिनुपर्ने बताए ।

नेपाल प्रेस युनियन तनहुँद्वारा बिहीबार दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस नेता पौडेलले सो कुरा बताएका हुन् । पार्टीभित्र जिम्मेवार, पदमा गभर्नर एम अधिकारीको गतिविधिले नैतिक, संवैधानिक र कानुनी प्रश्न उठाएको पौडेलको भनाइ थियो ।“नेकपा एमालेको कार्ड लिएर अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नर पदमा कसरी बस्न मिल्छ ? ” पौडेलले प्रश्न गरे ।

“गभर्नर जस्तो व्यक्तिले जे मन लाग्यो, त्यही गर्न मिल्दैन,” नेता पौडेलले भने, “विवादित गभर्नरले नैतिकताका अधारमा राजीनामा दिनुपर्छ ।” राजीनामा नगरे गभर्नरलाई बर्खास्त गर्न उनले सरकार लाई सुझाव दिए । गभर्नरले नेपाल श्रीलङ्काको बाटो तर्फ जाँदैछ भनेर बदनियतपूर्वक भनेको उनले बताए । “गलत बाटो गयो भने गभर्नर पनि पन्छिन मिल्छ र ? उहाँको पनि जिम्मेवारी हुन्छ” नेता पौडेलले प्रश्न गर्दै भने ।

 

  • ३१ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !