नेता शेखर कोइरालाद्वारा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह

आजभोलि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले दुरगामी सोचका साथ गठबन्धन गर्नुपर्ने बताए ।

अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा नरहेको दावी गर्दै उनले भने, ‘मधेसका जिल्लाका सभापतिहरू समेत गठबन्धनको पक्षमा छैनन् । तर गठबन्धन नै गर्नुपर्ने अवस्था आए भने न्यूनतम सिट दिएर मात्रै गठबन्धन गर्नुपर्छ ।’

उनले गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर कांग्रेसले अगाडि बढ्नुपर्नै बताए । कोइरालाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले मुलुकको राजनीतिमा गडबडी ल्याएको बताए । यस्तो संवेदनशील घटनामा अर्थमन्त्रीको राजीनामा मात्रै पर्याप्त हुन नसक्ने उनले जिकिर गरे ।

 

  • ३१ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !