कास्कीमा थपिए ११ हजार मतदाता

आजभोलि

पोखरा । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत असारमहिना देखी सुरुआत गरिएकामा जिल्लामा महिला पाँच हजार ७६४ र पुरुष पाँच हजार ३७८ नयाँ मतदाता थपिएका हुन् ।

बाहिरी जिल्लाको समेत गरी महिला सात हजार ३९३ र पुरुष सात हजार ६०९ गरी १५ हजार दुई जनाले सो अवधिमा कार्यालयमा नाम दर्ता गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार बाहिरी जिल्लाका महिला एक हजार ६२९ र पुरुष दुई हजार २३१ गरी तीन हजार ८६० जनाको नाम दर्ता भएको छ । कार्यालयले बाहिरी जिल्लाको नाम दर्ता भएकाहरुको हकमा सम्बन्धित जिल्लामानै पठाउने छ ।

यसैगरी अन्य जिल्लामा दर्ता भएकाहरुको कास्की जिल्लाका मतदाताको नाम आयोगले यहाँ पठाउने उहाँले जानकारी दिनुुभयो । उहाँले भन्नुभयो,“निर्वाचनको मिति घोषणापछि नयाँ नाम दर्ता रोकिएको छ । अब बाहिरी जिल्लाको दर्ता भएको नाम सम्बन्धित जिल्लामा पठाउँछौ, अन्य जिल्लाको पनि यसैगरी हामीकहाँ थप हुन्छ । ”

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कास्कीमा दुई लाख ८१ हजार ८३३ मतदाता रहेका थिए । सरकारले स्थानीय तहको निर्वाचन पछि असारदेखी नयाँ मतदाता नामावलीमा नाम दर्ताको व्यवस्था गरेको थियो । प्रदेश निर्वाचन कार्यालयले अनलाइनमार्फत समेत मतदाता नामावली दर्ता सुरु गरेको थियो ।

सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि जिल्लामा क्रियाशील प्रमुख राजनीतिकदलहरुले चुनाव केन्द्रित कार्यक्रम अघि बढाएका छन् । दलहरुले आन्तरिक भेला,प्रशिक्षण तथा संगठन विस्तारका कार्यक्रम गाउँ गाउँसम्म सञ्चालन गरेका हुन् ।

 

  • २९ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !