गठबन्धन डर र कर दुवै भएको कांग्रेस नेता रामचन्द्र पौडेलको दाबी

आजभोलि

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर नेपाली कांग्रेसका लागि दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले भने,‘ नेपाली कांग्रेसले गठबन्धन नगरेको अवस्थामा अन्य पार्टीले गठबन्धन गर्न सक्छ ।

अहिले आगामी निर्वाचनमा दलहरु मिलेर अगाडि बढ्नुपर्ने भएकाले गठबन्धन गर्नुपर्ने उनको भनाइ छ ।

एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने बताएका छन् । । गठबन्धनमा तालमेलमेलका विषयमा कुरा चलिरहेको र कांग्रेस मिलाउने पक्षमा रहेको समेत उनले बताए ।

अहिले उमेदवारका विषयमा टुङ्गो नलाग्ने र निर्णय नभएको समेत उनले जानकारी दिए । आफ्नो क्षेत्र र संभावना हेरर अगाडी बढ्ने र उमेदवारीका लागि बाटो खुल्ला हुने कांग्रेसको आंकलन छ । अहिले यसका विषयमा पार्टीगत र गठबन्धनका बारेमा छलफल केन्द्रित भएको उनले बताए ।

आगामी निर्वाचनपछि देशको प्रधानमन्त्रीको बन्ने भन्ने विषयमा व्यक्तिगत रुपमा निर्णय दिन नसक्ने भएकाले गर्दा यस्को जिम्मा पार्टीले नै गर्ने उनको भनाइ छ । उनले भने , निर्वाचन पछि को देशको प्रधानमन्त्री बन्ने हो भन्ने विषयमा अहिले किटान गर्न नसकिने र यसको विषय पार्टीभित्र छलफल गरेपछि मात्र पार्टीले बोल्न मिल्ने उनले बताए । यसका साथै नागरिकता विधेक संसदबाट पास भइसकेकाले रोकिन नहुँने समेत उनले बताए ।

उनका अनुसार स्थानीय निर्वाचनमा पनि देशको शक्तिशालि पार्टी नेपाली कांग्रेसले विभिन्न दलहरुसंग गठबन्धनगरे निर्वाचनमा उत्रिएकाले आगामी निर्वाचनमा पनि गठबन्धन गरेर नै जानुपर्ने नेपाली कांग्रेसलाई वर्तमान समयमा बाध्यता परेको छ ।

  • २९ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !