सत्तारुढ तीन दलका स्थानीय नेताहरुले बीचैमा रोके फोहोर बोकेका गाडी

आजभोलि

काठमाडौं । सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलका स्थानीय नेताहरुले बञ्चरेडाँडामा काठमाडौं महानगरको फोहोर विसर्जन गर्न अवरोध गरेका छन् । नेपाली कांग्रेसका धुनिवेंशी नगरपालिकाका सभापति पूर्ण तामाङ, माओवादी केन्द्रका नगर अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष भीषण धितालले आइतबार संयुक्त विज्ञप्ति जारी गरेसँगै सोमबारबाट फोहोर विसर्जनमा अवरोध भएको हो ।

ती दलहरुले आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेका थिए । जसका कारण फोहोर बोकेर काठमाडौं उपत्यकाबाट बञ्चरेडाँडा जान लागेका गाडी बाटोमै रोकिएका छन् ।

काठमाडौं महानगरपालिकाले जनाए अनुसार आइतबार ५५ वटा गाडी फोहोर फ्याँकेर फर्केकोमा आज भने अवरोध गरिएको छ ।

१७ वर्षदेखि काठमाडौं महानगरलगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय बञ्चरेडाँडामा अव्यवस्थित तरिकाले फाल्दै आएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भने बञ्चरेडाँडामा गलत कसरत हुँदै गरेको भन्दै गुनासो गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुई अवरोध हटाउनेबित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौं । वास्तवमै त्यो कसरत हो भने त्यो विडम्बनापूर्ण हुनेछ ।’

उनले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरू बनिसकेको बताउँदै अब अर्को कुनै बहानामा अवरोध गर्न नहुने बताएका छन् । भूमि अधिग्रहण तथा संरचना निर्माण र प्रभावितहरूले पाउने सुविधा तथा मुआब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको साहको भनाइ रहेको छ ।

 

  • ३० श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !