भारतमा दुई किशोरीको बलात्कारपछि बीभत्स हत्या

आजभोलि

काठमाडौं।भारतमा दुई किशोरीको बलात्कारपछि बीभत्स रुपमा हत्या गरिएको छ।

उत्तर प्रदेश स्थित लखिमपुर जिल्लाका १५ र १७ वर्षीया बालिकाको बलात्कार पछि घर नजिकैको रुखमा झुन्ड्याएर हत्या गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। एकै घरका दुई दिदीबहिनीको उखुबारीमा बलात्कारपछि घिसारेर घाँटी थिचेर हत्या गरेको पोष्टमार्टम परीक्षणबाट पुष्टि भएको भारतीय प्रहरीले जनाएको छ।

आत्महत्या जस्तो देखाउन बलात्कारीले बालिकाको शब रुखमा झुण्ड्याएको प्रहरीले जनाएको छ। एउटै गाउँका पुरुषले युवतीसँग चिनजान भएपछि संगै घुम्न गएको र विवाहको प्रस्ताव स्वीकार नगरेपछि बलात्कार पछि सलले घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ।

जबरजस्ती करणी पछि हत्या र हत्यालाई ढाकछोप गर्न सहयोग गरेको अभियोगमा प्रहरीले परिवारका छिमेकीसहित ६ जनालाई पक्राउ गरेको छ।

घटनापछि स्थानीयले सरकारबिरुद्ध चर्को विरोध गरेको छ।

  • ३१ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !