महारानीको अत्येष्टिमा सहभागी हुन् परराष्ट्रमन्त्री खड्का लन्डनमा

आजभोलि

लन्डन । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन आइपुगेका छन् ।

मन्त्री खड्का शनिबार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए ।

लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विषेश समारोहमा सहभागी हुनेछन् । खड्काले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा हस्ताक्षर गर्ने, बकिङ्घम दरबारमा प्यालेसमा राजा चाल्र्स तृतियको स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्री खड्का बेलायतको विदेश मन्त्रालयको आयोजना गर्ने एक स्वागत समारोहमा समेत सहभागी हुनेछन् । मन्त्रीको स्वागतको लागि नेपाली जनम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, नेपाली दुतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनाललगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए । मन्त्री खड्का आगामी बुधवार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।

  • २ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !