टेन्डर नपरेपछि ढुवानी भएन दशैंका लागि चामल

आजभोलि

तुलसीपुर । चामल ढुवानीका लागि टेन्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैंलाई लक्षित गरी चाम ढुवानीका लागि बोलपत्र आह्वान गरे पनि कसैले नहाल्दा चामल ढुवानी अन्योलमा छ ।

पुनः दोस्रो पटक बोलपत्र खोलेर ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए । उनका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि बोलपत्र परेको छैन । ‘बोलपत्र खोले पनि कसैले पनि बोलपत्र आह्वान गरेनन्’, उनले भने, ‘त्यसले गर्दा पनि चामल ढुवानी हुनसकेको छैन ।’

पहाडी जिल्लामा चामल पुर्‍याउनका लागि तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । अहिले करिब चार हजार आठ सय क्विन्टल चामल मौज्दात रहेको छ । बोलपत्र नपरेपछि अहिले कार्यालय आफैंले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुमपूर्व र रुकुमपश्चिममा चामल समेत पठाइसकेको छ ।

ढुवानी रकम महँगो भएकाले पनि बोलपत्र हाल्न नमानेको हुनसक्ने सुनारले बताए । ‘अहिले पेट्रोलको मूल्य बढेको छ, तर ढुवानी मूल्य बढेपछि बोलपत्र हाल्न नमानेको हुनसक्छ’, उनले भने । चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाएको छ । प्रत्येक चालममा प्रतिकिलो रु सातका दरले छुट दिएको उनले बताए । जसअनुसार अहिले बास्मती चामलको मूल्य प्रतिकेजी रु १०३, जिरा मसिनो चामलको प्रतिकेजी रु ६०, सोना मन्सुलीको प्रतिकिलो रु ४३ रहेको छ ।

दाङमा चामल उत्पादन पनि हुने भएकाले कम्पनीको चामल कम खपत हुने गरेको समेत उनले बताए । उनका अनुसार दाङमा कम्पनीको वार्षिक २०० क्विन्टलमात्रै खपत हुने गरेको छ । अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल ढुवानी हुने गरेको उनको भनाइ छ ।

अर्कोतर्फ मानिसलाई खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउने कुरा थाहा नभएर पनि बजारबाट चामल किन्ने गरेको सुनार बताउँछन् । यसका लागि प्रचार(प्रसार आवश्यक रहेको उनको भनाइ छ । तुलसीपुरमा चामल मौज्दात राख्नका लागि पाँच हजार क्विन्टल क्षमता रहेको छ ।

  • ७ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !