मंसिर ४ को आमनिर्वाचन : नयाँ अनुहारमा आकर्षण

आजभोलि

काठमाडौं । आगामी मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचन नजिकिँदै गर्दा ठूला पार्टीका शीर्ष नेताहरुमा खासै आकर्षण देखिँदैन । सत्तामा पुगेका बेला जनचाहना अनुसार राम्रो काम गर्न नसकेका कारण आकर्षण नदेखिएको हो । फेरि पछिल्लो समय जनताले परिवर्तन चाहेका छन् ।

त्योसँगै जनताको अभिमत पनि फेरिएको छ । गतस्थानीय निर्वाचनले पनि त्यो सिन देखाएको छ । देशका ग्रामीण भेकमाभन्दा शहरी क्षेत्रमा समाजसेवालगायत अन्य क्षेत्रबाट आएका उम्मेदवारप्रति जनआकर्षण बढेको देखिन्छ । त्यसैगरी काठमाडौं क्षेत्र निर्वाचन क्षेत्र नं. २ मा समाजसेवा र व्यवसायबाट राजनीतिमा आएकी कुन्तीदेवी पोखरेलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएकी हुन् । राप्रपाबाट उम्मेदवारी दिएपनि उनी समाजसेवी र व्यवसायी हुन् । त्यस क्षेत्रमा पोखरेलले समाजसेवामार्फत जनताका सुखदुःखमा सहयोगी हात अगाडि बढाउँदै आएकी छन् । अर्को अहिले जनतामा निर्वाचन क्षेत्र परिवर्तन गरेका उम्मेदवारभन्दा स्थानीय उम्मेदवारप्रति आकर्षण बढेको छ ।

पोखरेल यहाँकी स्थानीयवासी हुन् । लामो समयदेखि समाजसेवा मार्फत काम गर्दै आएकी पोखरेलको जनतामाझ राम्रो रुझान र पहुँच छ । निर्वाचन क्षेत्र परिवर्तन गरेर बाहिरबाट आएका नेताले त्यस क्षेत्रमा विकास निर्माणका काम नगरेकाले पनि स्थानीय उम्मेदवारको आकर्षण बढेको हो ।

उता उनका प्रतिस्पर्धीहरु प्रायः पटक–पटक राज्यको नीतिनिर्माण तहमा पुगिसकेका, बाहिरबाट आएका र पहुँचमा पुग्दा पनि जनचाहना अनुसार खासै काम गर्न नसकेका पुराना अनुहारहरु छन् । त्यसले गर्दा पनि काठमाडौं २ मा पोखरेलको उम्मेदवारी बलियो भएको स्थानीयको भनाइ छ ।

  • ३ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !