आज नागरिकसँग टेलिफोन संवाद गर्दै ओली

आजभोलि

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् । ओलीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उनको सचिवालयले जनाएको छ ।

‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ ओलीले भनेका छन् । धेरै सहभागिता भएको भन्दै बिहीबार दिउँसो१ २ बजेपछि नाम टिप्न बन्द गरिएको थियो । नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न ओलीले गत मंगलबार अनुरोध गरेका थिए ।

संसदीय चुनाव नजिकिँदै जाँदा ओलीले चुनावी अभियान तीव्र पारेका छन् । केही दिन अघि मात्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई खुला डिभेटका लागि आह्वान गरेका थिए ।

  • ४ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !