प्रधानमन्त्री देउवाद्वारा गठबन्धन लामो समय जाने दाबी

आजभोलि

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन लामो समयसम्म कायम रहने बताएका छन् ।

पाँच दलीय गठबन्धनको बाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै देउवाले लहडले गठबन्धन नबनेको भन्दै सबै दलका नेता र कार्यकर्ताहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।

सभापति देउवाले मुलुकलाई अब विकासतिर लैजानुपर्ने भन्दै त्यसका लागि गठबन्धन बनेको बताए । उनले भने,‘यो आवश्यकताले बनेको गठबन्धन हो । लहडले बनेको गठबन्धन होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन होइन । गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ ।’

उनले चुनावका बेला पार्टीहरू संक्रमणकालबाट गुज्रिने भएकाले एकताबद्ध भएर अघि बढ्न समेत आग्रह गरे ।

  • ८ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !