एक लेभलको चेञ्ज ल्याउन युवा पुस्तालाई ल्याउनैपर्छ : कुन्ती पोख्रेल

आजभोलि

काठमाडौं । काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले देशमा एक लेभलको चेन्ज ल्याउन युवा पुस्तालाई नेतृत्वमा ल्याउनै पर्नेमा जोड दिएकी छन्  । उनले मंगलबार राप्रपा काठमाडौं क्षेत्र नं. २ द्वारा कोटेश्वरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएकी हुन् ।

उनले ‘पार्टीगत नभनी दुई÷दुईपटक सांसद्, मन्त्री भइसकेका बुबा, आमा समानको पुस्तालाई बिदा गरेर युवा पुस्ता ल्याउन जरुरी रहेको बताइन् । पोखरेलले ‘अहिले विद्यालयहरु बेरोजगार युवा उत्पादन गर्ने फ्याक्ट्री भएका छन्, बेरोजगार युवा उत्पादन गर्ने बाहिर पठाउने, रेमिट्यान्सले देश चलाउने नेताहरुको बानी भइसक्यो,’ भनिन् ।

उनले देशका उद्योग, धन्दा कलकारखा बन्द भएकोप्रति आक्रोश पोख्दै आफू कपडा व्यवसायी भएकाले कपडा तयार गर्न सियोदेखि बटन, धागोसम्म सबै बाहिरबाट ल्याउनुपर्ने अनुभव रहेको सुनाइन् । उनले ‘यहाँ उद्योगकै कुरा गर्दा पनि सरकारले लगानीकर्तालाई ५० प्रतिशत अनुदान दिएर उद्योग खोलिदिने हो भने ती युवाहरुले स्वदेशमै रोजगारी पाउने बताइन् ।

देशमै व्यवसाय गर्न खोज्ने युवाहरुलाई सरकारले उचित वातावरण नदिएर विदेसिन वाध्य पारेको पोखरेलको आरोप छ । साथै उनले भ्रष्ट राजनीतिलाई सुद्धिकरण गर्न, युवा विदेश पलायन रोक्न साथै राष्ट्र, राष्ट्रियता, धर्म र राजासहितको प्रजातन्त्रलाई स्थापित गर्नका आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारिन् । त्यसको लागि यस क्षेत्रका नागरिकको साथ, सहयोग र समर्थन आवश्यक रहेको पनि बताइन् ।

  • ८ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !