के अब देश भ्रष्टहरुलाई सुम्पिने हो ? कुन्ती पोख्रल

आजभोलि

काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएकी कुन्तीदेवी पोख्रेलले आफूले हार्नलाई नभइ जित्नलाई उम्मेदवारी दिएको बताएकी छन् । उनले बिहिबार काठमाडौं–९, स्थित गौसालाका मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएकी हुन् । कार्यक्रममा पोख्रेलले भ्रष्टचारीलाई ठिक लगाउन आफूले चुनाव जित्नैपर्ने दाबी गरिन्

। ‘सरकारबाट बजेट आउँछ, तर त्यो बजेट सही ठाउँमा उपयोग हुनसक्दैन, के अब देश भ्रष्टहरुलाई सुम्पिने हो ?’ पोख्रेलले प्रतिप्रश्न गरिन् । विकासको कामहरुमा ढिला भइरहेकोप्रति असन्तुष्टि जनाउँदै समयमा ती काम सिद्ध गर्न आफू संसदमा पुग्नैपर्ने बताउँदै काठमाडौं क्षेत्र नं. २ का जनताले आफूलाई जिताउनसमेत आग्रह गरिन् । उनले शिक्षाका लागि छुट्याइएको बजेट सही ठाउँमा सदुपयोग नहुँदा शिक्षा क्षेत्र ओझेलमा परेको बताइन् ।

नेपालमा भनेअनुसारको रोजगार र आम्दानी नहुँदा युवाहरुमा विदेश जान वाध्य भएको भन्दै उनीहरुलाई रोजगारयुक्त सीपमुलक व्यवसायिक तालीमको आवश्यकता रहेको औल्याइन् । विदेश जानुपर्ने संस्कार किन आयो, कहाँबाट आयो ? भन्ने प्रश्न गर्दै त्यसप्रति सरकारको नीतिनियम परिवर्तन गर्न आफू संसदमा पुग्नुपर्ने दावी गरिन् ।

  • १७ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !