गण्डकी कांग्रेसले दलको नेता पुस १२ गते छान्दै

आजभोलि

पोखरा । नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ ।

संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् । कानूनी सहजीकरणका लागि डीएलएका प्रदेश अध्यक्ष फडिन्द्र कोइराला र जिल्ला अध्यक्ष कपिलमणि दाहाल चुनिएका छन् ।
त्यसअघि सर्वसम्मत नेता चयनका लागि प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ ।

समितिमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री किरणबाबु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी सदस्य छन् । सुरुमा सल्लाहमै नेतृत्व चयन गर्ने र नभए निर्वाचनमा जाने महामन्त्री लामिछानेले बताए । उनका अनुसार निर्वाचन प्रक्रिया शुक्रबार देखि नै सुरु भएको छ ।

यहाँ संस्थापन पक्षबाट केन्द्रीय सदस्य समेत रहेका सांसद सुरेन्द्र पाण्डेलाई प्रमुख दावेदार ठानिएको छ । यद्यपी सोही समूहबाट कास्कीका विन्दुकुमार थापा पनि दावेदार छन् । संस्थापन इतरबाट भोजराज अर्याल प्रमुख दावेदार हुन् । अर्का नेता महेन्द्रध्वज जिसीको पनि दावी छ । यद्यपी निर्वाचनमै गए दुईजना मात्रै प्रतिश्पर्धी हुने बताइन्छ ।

  • ९ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !