प्रधानमन्त्री प्रचण्ड विाहिबार बालुवाटार सर्दै

आजभोलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (बिहीवार) बालुवाटार सर्ने भएका छन् । सोमबार प्रधानमन्त्रीको शपथ लिएका उनी शेरबहादुर देउवाले निवास नछोडेकाले बालुवाटार सर्न पाएका थिएनन् । अब बिहीबार सर्ने तयारी भएको प्रधानमन्त्रीको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

भोलि बिहीबार बालुवाटार सर्ने र त्यसपछि सबै भेटघाट त्यहाँ र सिंहदरबारबाट हुने उनले जानकारी दिए । प्रधानमन्त्रीले बुधबार बधाई र शुभकामना कार्यक्रम पनि स्थगित गरेको छ ।प्रधानमन्त्री नियुक्त भए लगत्तै बधाई दिन निवास जाने संख्या एक्कासी बढ्दा मानिसको व्यवस्थापन गर्न सचिवालय र सुरक्षाकर्मीलाई हम्मे परेको थियो । मंगलबार मात्र ६ सय बढीले भेटेर बधाई र शुभकामना दिएका थिए । जनताको काम गर्न सोच्नुपर्ने, योजना बनाउनु पर्ने बेला शुभकामना र बधाईमै समय बितेपछि सचिवालयले बुधबार अत्यावश्यक बाहेकका भेट बन्द गरेको जनाइएको छ ।

  • १३ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !