तेहरानमा २४६ किलो अफिम बरामद

आजभोलि

तेहरान । इरानको राजधानी तेहरानमा प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा २४६ किलोग्राम अफिम बरामद गरेको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।

पहिलो कारबाहीमा प्रहरी बलहरूले लागूऔषध तस्कर गिरोहलाई ध्वस्त पारी २१८  किलो अफिम बरामद गरेको तेहरानका उपप्रहरी कमाण्डर हमिद होडाभान्डले अर्ध–आधिकारिक तस्निम समाचार एजेन्सीलाई उद्धृत गर्दै बताएका छन् ।

होडाभान्डले गिरोहका सदस्यहरूलाई चौबीसै घण्टा निगरानी र देशको उत्तरतर्फ जाने क्रममा बाटोमै पक्राउ गरिएको बताए ।
अर्को कारबाहीमा इरानको विमानस्थल प्रहरीले तेहरानको इमाम खोमेनी अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा दुई जना यात्रुहरूबाट २८ किलोग्राम अफिम बरामद गरेको प्रहरी कमाण्डर मोहसेन अकिलीले इरानी विद्यार्थी समाचार एजेन्सीलाई बताएका छन् ।

दुवै लागुऔषध कारोबारीलाई न्यायिक निकायमा बुझाइएको अकिलीले बताए ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !