सन् २०२२ मा एक हजारभन्दा बढी बङ्गलादेशी श्रमिकको मृत्यु

आजभोलि

ढाका । सन् २०२२ मा एक हजारभन्दा बढी बङ्गलादेशी कामदारको मृत्यु भएको र सोही सङ्ख्याको हाराहारीमा घाइते भएका सोमबार एक स्थानीय संस्थाले जनाएको छ ।

गत बर्ष बङ्गलादेशमा विभिन्न पेशागत दुर्घटना, कार्यस्थलमा हुने हिंसा, सडक दुर्घटना र श्रम अधिकारको उल्लङ्घनका कारण कम्तीमा एक हजार ३४ कामदारको मृत्यु भएको साथै एक हजार ३७ जना घाइते भएका ‘बङ्गलादेश इन्स्टिच्युट अफ लेबर स्टडिज (बिआइएलएस)’ नामक संस्थाले सोमबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

मृतकमध्ये सबैभन्दा बढी यातायात क्षेत्रमा ४९९, निर्माण क्षेत्रमा ११८ र कृषि क्षेत्रमा ११२ जना रहेको बताइएको छ । तथ्याङ्कअनुसार सन् २०२१ मा एक हजार ५३ कामदारको मृत्यु भएको र सन् २०२२ मा भएको मृत्यु सङ्ख्या अघिल्लो बर्षको भन्दा सामान्य कमी हो ।

सङ्गठनले कमजोर श्रम निरीक्षण, श्रमिकहरूमा स्वास्थ्य र सुरक्षा प्रशिक्षणको कमी र उचित ज्यालाको अभाव देशमा निरन्तर व्यावसायिक दुर्घटना र श्रम अशान्तिको प्रमुख कारण भएको बताएको छ ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !