जेलमा आक्रमण गरी १४ को हत्या

आजभोलि

मेक्सिको । बन्दीहरु राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।

सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरुले हमला गरेका थिए । सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो ।

मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरुले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए ।
जेलका अधिकारीहरुका अनुसार उनीहरु बिहानको समयमा ठूलो सङ्ख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए ।

सो आक्रमणमा परेर अरु १३ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पु¥याइएको छ ।
त्यस्तै सो आक्रमणको समय पारेर सो जेलमा रहेका २४ जना बन्दी भागेका छन् । उनीहरुलाई प्रहरीले खोजी गरेको तर भेटाएको छैन ।

त्यस क्रममा दुई जना बन्दुकधारी पनि मारिएका बताइएको छ । जेलका अधिकारीहरुले सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीहरुले हमला गरेका अनुमान गरिएको बताएका छन् ।

अहिले सो जेलमा थप सुरक्षाकर्मीहरुलाई राखेर सुरक्षा दिइएको बताइएको छ ।

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !